काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सोमबार बिहान उनीहरुबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटका अवसरमा उनीहरुबीच आर्थिक तथा विकास सहायता,चालू आयोजनाहरूको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।