आन्दोलनमा विदेशी शक्तिको हात छ, म छिट्टै फर्किन्छु : शेख हसिना « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आन्दोलनमा विदेशी शक्तिको हात छ, म छिट्टै फर्किन्छु : शेख हसिना


२७ श्रावण २०८१, आइतबार


काठमाडौँ । बाङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।

आफ्नो पार्टी अवामी लिगका समर्थकहरूलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थेँ ।’

बाङ्गलादेश र भारतका सञ्चारमाध्यमहरूले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो ।

उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयर बेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।

द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ ।

२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।

दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएकी थिइन् ।

हाल भारतमा रहेकी उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरूको जुलुस देख्नु नपरोस् । उनीहरू विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’

‘म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला’, उनले भनेकी छन् । उनले भारतमा अर्को साता सञ्चारमाध्यमहरूसँग आफ्नो भनाइ राख्ने समेत अनुमान गरिएको छ ।

आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।

उनले वक्तव्यमा आफू छिट्टै फर्किने भनेको समेत द प्रिन्टले उल्लेख गरेको छ ।

‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बाङ्गलादेशका नागरिकहरूको हो’, उनले भनेकी छन्, ‘मैले आफैँलाई हटाएँ, तर तपाईँहरूको जितका साथ आएँ । तपाईँहरू मेरो शक्ति हुनुहुन्थ्यो, तपाईँहरू मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’

उनले अगाडि भनेकी छन्, ‘मेरा जति पनि कार्यकर्ता छन्, उनीहरूको मनोबल गिर्दैन, अवामी लिग पटक-पटक उठेको छ ।’ हसिनाले आफ्नो भनाइलाई बङ्ग्याएर प्रस्तुत गरिएको आरोप पनि लगाइन् ।

‘म मेरा युवा विद्यार्थीहरूलाई दोहोर्‍याउन चाहन्छु, मैले कहिल्यै रजाकर भनेको थिइनँ, मेरो शब्दहरू बंग्याइए’, उनले भनेकी छन्, ‘एउटा समूहले तपाईँहरूको खतराको फाइदा उठायो ।’

सन् १९७१ को युद्धमा बाङ्गलादेश स्वतन्त्र हुनुअघि पाकिस्तानी सेनालाई सहयोग गर्ने समूहलाई रजाकार भनिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस