काठमाडौँ। विज्ञ टोलीले तयार गरेको श्रम आप्रवासन नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाएको छ ।
श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिहं भण्डारीलाई बुझाएको हो ।
मस्यौदामा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने विषयहरू समेटिएको छ । विज्ञ टोलीले तयार गरेको उक्त मयौस्दा अब मन्त्रालयले हेर्नेछ ।
सुरक्षामन्त्री शरतसिहं भण्डारीले बद्लिँदो परिवेशमा बद्लिँदो श्रम आप्रवासनका मुद्दालाई सम्बोधन गर्ने विश्वास व्यस्त गरे ।