२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थारू समुदायले मनाए गुरही पर्व

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही/गुरिया पर्व मनाएका छन् । 

अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिए । उनले भने, “विगत केही वर्षयता थारू महिलाहरू सङ्गठित हुँदै गएकामा खुसी लागेको छ । महिलाहरूले यसलाई पर्व सँगसँगै अधिकार प्राप्तिको आन्दोलनका रूपमा पनि लिनुपर्छ ।”

थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दु थारूले गुरहीलगायत धेरै महत्त्वपूर्ण चाडबाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्बनापूर्ण अवस्था रहेको बताइन् । 

कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारूलगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रूपमा काठमाडौँमा मनाउन पाएकामा खुसी व्यक्त गरे । त्यस अवसरमा विभिन्न थारू कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए । 

प्रज्ञा प्रतिष्ठानमा कपडाका गुरही (गुडिया) बालिकाले चौरमा सेलाएका थिए भने बालकहरूले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए । कार्यक्रमका अवसरमा काभा भलिबल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएकी सरस्वती चौधरी, भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनशिपमा स्वर्ण पदक विजेता मनीषा चौधरीलगायत महिला खेलाडीहरूलाई सम्मान प्रदान गरिएको थियो । 

थारू बाहुल्यता रहेका तराईका जिल्लाहरूमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन छ । खेतीपातीमा कुनै किसिमको हानि/नोक्सानी नहोस्, गाउँमा रोगविरोग नफैलियोस् भनेर किसानहरू हरेक वर्षको साउनको अन्तिम वा भदौको सुरुआतमा गुरही/गुरिया पर्व मनाउने चलन छ ।