काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक संसदीय समितिमा उपस्थित हुने भएका छन् ।
आज दिउँसो २ बजे बस्ने राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री ओली आउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।
प्रधानमन्त्री भएपछि ओली पहिलो पटक संसदीय समितिमा उपस्थित हुन लागेका हुन्। यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृह मन्त्रीलाई पठाएका थिए।