२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन गर्ने भए ०८४ को चुनावमा एजेण्डा बनाउन माओवादीको चुनौती 

अ+ अ-

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई नबोकाउन दुई ठूला दललाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी नेता बस्नेतले काँग्रेस र एमालेले स्थिरता र विकासका नाममा मुलुकलाई अस्थिरतातिर धकेल्न खोजेको बताए । दुई दलले निर्वाचन प्रणालीमा संशोधन गरेर दुई दलीय प्रणाली तथा संघीयतामा संशोधन गरेर स्थानीय तह घटाउने, प्रदेशलाई कमजोर बनाउने र केन्द्रको अधिकार बढाउन खोजेको उनको दाबी छ ।

तर संघीय लोकतान्त्रिक गणतन्त्रको आत्मा सहभागितामूलक व्यवस्था भएको भन्दै माओवादी सांसद बस्नेतले भने, ‘अहिले संविधान संशोधनका नाममा फेरि सहभागितामूलक लोकतन्त्रबाट फर्काएर फेरि अल्पमत र बहुमतको राज गर्न खोज्नुभएको छ, यसमा आपत्ति छ । यसलाई अग्रगमन भन्न सकिँदैन ।’

उनले बहुदलीयबाट दुईदलीय तिर मात्र हो कि एक पार्टीतिर पनि जाने हो भनेर प्रश्न गरे ।

दुई तिहाइले संविधान संशोधन गर्ने संवैधानिक व्यवस्था रहेको भन्दै उनले काँग्रेस एमालेलाई प्रश्न गरे, ‘तपाईंहरु संविधान संशोधनको एजेण्डामा जन अनुमोदित हुनुभएको हो ?’

पछिल्लो आम चुनावमा दलहरूले सुशासन र विकासको नाममा भोट मागेको उनले बताए । ‘सुशासन र विकासमा देखिएको अक्षमताको भारी संविधानलाई बोकाउन पाइँदैन’, बस्नेतले भने, ‘तपाईंहरुलाई संशोधन चाहिएको भए ०८४ को चुनावमा संविधान संशोधनको एजेण्डा लिएर जानुस्, जन अनुमोदित भएर आउनुस् । संविधान संशोधन प्रस्ताव अगाडि बढाउनुस् ।’

प्रतिक्रिया दिनुहोस