२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वयम्भूमा एक महिनासम्म लाग्ने मेला सुरु

अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने मेला आजदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने चाड गुँला पर्वका रूपमा मेला अवधिभर प्रत्येक बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ । 

बौद्ध धर्मावलम्बीहरूले यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रूपमा लिनाका साथै करुणामयको नामबाट चिनिने मत्स्येन्द्रनाथको दर्शन गर्दछन् । यसरी तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास बौद्ध धर्मावलम्बीको रहेको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले जनाएको छ । स्वयम्भूमा मेला भरेपछि नजिकै रहेका शोभाभगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा रहेको महासमितिका महासचिव अशोक बुद्धाचार्यले बताए।

महासमितिले विश्वसम्पदा स्वयम्भू तथा यस आसपास क्षेत्रका गुम्बामा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, मेलामा हुने घुइँचो व्यवस्थापन, सरसफाइ, रङ्गरोगन, सडक बत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा गरी आजदेखि मेला सुरु गरिएको महासचिव बुद्धाचार्यले जानकारी दिए । 

चैत्यको जीर्णोद्धार सम्पन्न गरिएकाले यस वर्ष दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने अपेक्षा गरिएको उनले उल्लेख गरे । थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट एक महिनाको अवधिमा करिब पाँच लाख आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।

स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले उक्त मेलामा आउने भक्तजन तथा सर्वसाधारणको सुरक्षाका साथै सडकमा ट्राफिक व्यवस्थापन गर्ने महासचिव बुद्धाचार्यको भनाइ छ । “संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ”, उनले भने । 

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा तान्त्रिक देवीदेवताको पनि विश्रामस्थल रहेको जनविश्वास छ । यहाँ सबै सम्प्रदायका बौद्ध अनुयायी तथा हिन्दू धर्मावलम्बीले आस्था प्रकट गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि जीर्णोद्धार सम्पन्न गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुँदै गएको महासमितिका महासचिव बुद्धाचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस