२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी करिडोर : नरसिङखोलामा मोटरेबल पुल

अ+ अ-

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित नरसिङखोलामा मोटरेबल पुल निर्माण भएको छ । 

जोमसोमबाट कागबेनी छुसाङ उपल्लो मुस्ताङ हुँदै चीनको सिमाना कोरलानाका जोड्ने सडकअन्तर्गतको नरसिङखोलाको ९० मिटर लामो मोटरेबल पुलमा यातायात सञ्चालन हुन थालेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईँले पुलमा सवारीसाधन सञ्चालन हुन थालेको बताए ।  

“पहुँचमार्ग र पुलमाथि अक्सफाल्ट कालोपत्र गर्ने काम बाँकी भए पनि मुख्य संरचना तयार भएकाले यातायात सञ्चालन गरिएको छ”, उनले भने, “पुल सञ्चालन भएपछि बर्खामा नरसिङखोलामा जोखिम मोलेर सवारी आवतजावत गर्नुपर्ने समस्या हटाएका छौँ ।”

नरसिङ र मार्फाखोलामा मोटरेबल पुल निर्माणका लागि विसं २०७५ भदौ ६ गते हिमदुङ–ठोकर–इमाटोल जेभीले रु २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७८ मा सकिनुपर्ने नरसिङ र मार्फाखोलाको पुल निर्माण व्यवसायीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गर्न नसक्दा ढिलाइ भएको हो । 

तीन वटा स्पाम भएको पुलको ८० प्रतिशत भौतिक प्रगति भएको पुलको बाँकी काम सक्न पछिल्लो पटक मुस्ताङको अमित विल्डर्सले जिम्मा लिएको थियो । यसअघि इमाटोल कन्ट्रक्सनले जिम्मा काम समयमा पूरा गर्न नसकेको हो । दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकमा नरसिङखोलासहित पछिल्लो एक वर्षयता सात वटा गाडी चल्ने सडक पुल निर्माण भएको छ । लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा, थासाङ गाउँपालिकाको छाक्ताङखोलामा बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पुल निर्माण भएको हो । 

सडक विभागको पुल महाशाखाले म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा ७० मिटर लामो डबल स्पाम भएको मोटरेबल पुल बनाएको छ । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १४ वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माण भएका छन् । सात ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् । 

थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुवकुमार झाले बताए ।  

प्रतिक्रिया दिनुहोस