२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभा वुमन्स लिगमा इरानसँग नेपाल पराजित

अ+ अ-

काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबल लिगमा घरेलु टिम नेपाललाई ३-२ ले हराउँदै इरानले प्रतियोगितामा तेस्रो जित हात पारेको छ । यो लिगमा नेपालको भने पहिलो हार हो ।

आइतबार दशरथ रंगशाला कभर्ड हलमा भएको खेलमा इरानले २५-१६, १६-२५, २५-२३, १५-२५ र १५-१३ ले नेपाललाई हराएको हो ।

पहिलो र तेस्रो र पाँचौँ सेट इरानले जित्यो । दोस्रो र चौथो सेट भने नेपालले जितेको हो ।

पहिलो सेटमा सुरुवातदेखि नै दबाब बनाउँदै १७-८ को अवस्था सम्म आइपुग्दा नेपाल दबाबमा नै रहेको थियो । १९-११ को स्थितिमा इरानले पहिलो टाइम आउट लिँदै नेपालको मोमेन्टम ब्रेक गर्ने प्रयास गर्‍यो । सोही अनुरूप नेपालले पहिलो सेट २५-१६ मा सुम्पियो ।

दोस्रो सेटमा भने नेपालले ४-० को अग्रतासहित सुरु गर्‍यो । लगातार नेपालले अंक ल्याउँदा इरानले टाइम आउट लियो । तर टाइम आउटपछि पनि नेपालले लगातार अंक जोड्न भने छोडेन ।

लगातार नेपालले अंक जोड्दा ७-१ को अवस्थामा खेलमा फर्किएको इरानले १०-३ मा खेल थियो । अन्ततः नेपालले दोस्रो सेट २५-१६ ले जित्यो ।

तेस्रो सेटमा पूरै उतारचढावको सेट रह्यो । नेपालले ६-२ को अग्रता लिएको थियो । तर इरानले कमब्याक गर्दै ९-८ को स्थितिबाट नेपालले पुनः खेलमा फर्कँदै ११-१० को स्थितिमा ल्यायो ।

खेल २० को अंकमा पुग्दा इरानले २०-१८ ले अग्रता लियो । त्यसपछि खेल नेपालले २१-२१ मा फर्कायो । तर सेट भने इरानले २५-२३ ले जित्यो ।

चौथो सेट पनि सुरुमा उतारचढाव भएपछि भने नेपालले २१-१२ को सेटमा पुनरागमन सहित २५-१५ ले चौथो सेट जित्यो ।

पाँचौँ सेटमा ८-६ ले इरानले अग्रता बनाउँदै कोर्ट परिवर्तन भयो । पाँचौँ सेटमा १५-१३ ले इरानले जितेको हो ।

नेपालले यसअघि श्रीलंकालाई ३-० को सेटमा र भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

इरान भने पहिलो खेलमा भारतसँग ३-१ ले पराजित भएको थियो, त्यसपछि माल्दिभ्सलाई ३-० को सोझो सेटमा र श्रीलंकालाई ३-२ को सेटमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस