२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले विचार र सिद्धान्तमा सहमत भए माओवादी केन्द्रसँग एकता हुन सक्ने बताएका छन् ।

उनले वैचारिक, राजनीतिक, कार्यदिशा र कार्यक्रममा सहमत भए एकता हुन सक्ने बताएका हुन् ।

तर त्यसमा तत्काल सहमत हुन सम्भावना नदेखिएको उनको भनाइ छ । यद्यपि माओवादीसहित सबै वामपन्थीहरूसँग कार्यगत एकता हुने खनालले दाबी गरेका छन् ।

हिजो एमाले र माओवादीबिच फगत सत्ताको लागि मात्र एकता भएकाले दिगो नभएको उनको टिप्पणी छ । नेपाल अहिले समाजवादी क्रान्ति र रूपान्तरणमा प्रवेश गरेकाले प्रधान अन्तर्विरोध र प्रधानसत्रु छुटाउनुपर्ने उनको तर्क छ ।

अहिलेको प्रधानसत्रु दलाल तथा पुँजीवादको मुख्य नाइके काँग्रेस भएको भन्दै उनले पुँजीवादसँग लडाइँ लड्न सबै वामपन्थीबिच एकता हुनुपर्ने बताए ।

साथै उनले मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवाद (जबज) काम नलाग्ने सिद्धान्तलाई एमालेले मार्गदर्शक सिद्धान्त मानेर केपी ओलीले तीन लाख सदस्यलाई ठगिरहेको आरोप लगाए । जबजको दास बनेर ठगिएका कार्यकर्ता देखेर आफूलाई अचम्म लागेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस