१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिपिसीद्वारा पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका अवसर सिर्जना गर्ने विश्वास’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय काँग्रेसबाट पारित प्रस्तावले विश्वव्यापी विकास र समृद्धिका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेकी छन् । 

फ्रेन्डस् अफ सिल्क रोड क्लब नेपालले आज यहाँ आयोजना गरेको ‘सिपिसीको २०औँ केन्द्रीय समितिको तेस्रो राष्ट्रिय कंग्रेसः नेपालसँग विकास अवसरको साझेदारी’ कार्यक्रममा उनले सो प्रस्ताव चीनका लागि मात्र नभई मानव जातिका लागि साझा भविष्य निर्माणमा केन्द्रित भएको धारणा राखिन् । 

उपाध्यक्ष घिमिरेले भनिन्, “उच्च गुणस्तरको हरित विकास र साझा समृद्धिको लक्ष्यले नेपालजस्ता मित्र राष्ट्रसँगको सहयोगलाई थप उचाइमा पुर्‍याउने छ ।” उनले विश्वव्यापी चुनौतीका रूपमा देखा परेका जलवायु परिवर्तन तथा सुस्त आर्थिक वृद्धिलगायत समाधान गर्न विश्व समुदाय एकताबद्ध हुनुपर्ने सन्दर्भमा चिनियाँ राष्ट्रपतिद्वारा प्रस्तावित ‘मानव जातिका लागि साझा भविष्य निर्माण’ को अवधारणाले ठूलो अर्थ र महत्त्व राखेको बताइन्। 

“हाम्रा सहयोग द्विपक्षीय पहलमा मात्र सीमित रहन हुँदैन, विश्वव्यापी चुनौतीको समाधान गर्न बहुआयामिक मञ्च खडा गर्नुपर्छ”, उपाध्यक्ष घिमिरेले भनिन्, “संयुक्त राष्ट्रसंघ, बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लगायत विश्वव्यापी मञ्चमा चीन र नेपालले न्यायसंगत विश्वव्यापी व्यवस्थाको वकालत गर्नुपर्छ, जसले सम्पूर्ण राष्ट्रको सार्वभौमसत्ता, विकास र अधिकारको सम्मान गर्न सक्दछ ।” 

साझा विश्वको बाटो चुनौतीपूर्ण नरहेको उल्लेख गर्दै उनले इमानदारी, आपसी सम्मान र साझा दृष्टिकोणका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।

चीनको विकास प्रयास नेपालका लागि अनुकरणीय रहेको उल्लेख गर्दै उनले चिनियाँ अर्थतन्त्रको चमत्कारिक रूपान्तरण विकासिल राष्ट्रका लागि प्रेरणाको स्रोत हुने बताइन् । उनले नेपाल र चीनबीच पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, संस्कृति, हरित विकास, शिक्षा तथा क्षमता अभिवृद्धि, ग्रामीण विकास र सम्पर्क सञ्जाल विस्तारमा साझेदारीको प्रबल सम्भावना रहेको बताइन् । 

नेपाल–चीन सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा आर्थिकरुपमा प्रगाढ रहेको उल्लेख गर्दै उनले पछिल्ला समय दुई देशबीचको साझेदारी झन् बलियो बन्दै गइरहेको बताइन । उनले भनिन् । “नेपाल र चीनबीच  जनस्तरसम्म राजनीतिक, आर्थिक र सांस्कृतिक लाभको आदानप्रदान हुँदै आएको छ, यसका माध्यमबाट सम्पर्क सञ्जालको विस्तारसँगै आर्थिक वृद्धि र आमनागरिकको जीवनस्तर उकास्न सहयोग पुग्नेछ ।”

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीले अघि सारेको हरित क्रान्ति नीतिले जलवायु परिवर्तनको विश्वव्यापी चुनौती समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै त्यसबाट जलवायु परिवर्तनको चपेटामा परेका नेपालजस्ता मुलुकले लाभ लिन सक्ने बताए । “चीनको आधुनिकीकरण त्यहाँ मात्र सीमित छैन, यसबाट नेपालसहित अन्य मुलुकले पनि लाभ लिन सक्नेछन्”, उनले भने । 

चीन नेपालको निकट मित्र मात्रै नभई विकास साझेदारका रूपमा पनि रहेको जनाउँदै पूर्वराजदूत श्रेष्ठले विकास प्रयासमा चीनको थप सहयोगको खाँचो औँल्याए । नेपालले भारत र चीनसँग समदूरीको सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले जोड दिए । 

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर वाङ सीले सिपिसीबाट पारित प्रस्तावले विशेष गरी नेपालगायत छिमेकी मुलुक र विश्व समुदायमा विकासका धेरै अवसर र लाभ सिर्जना गर्ने बताए । चीनको रेनमिन विश्विद्यालयका प्राध्यापक स्या लुले राष्ट्रिय कंग्रेसबाट पारित विशेष प्रस्तावको विवेचना गर्दै यसले नयाँ युगको यात्रा चिनियाँ शैलीको आधुनिकीकरणलाई अघि बढाउन व्यापक सुधारको बाटो पहिल्याएको बताए । 

प्रतिक्रिया दिनुहोस