काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले असल वर्गमा वर्गीकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै असल वर्गमा वर्गीकरण भएको कर्जामा १।३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेमा अब १.१ प्रतिशत गर्दा हुने बताएको थियो ।
बुधबार मौद्रिक नीतिको सोही व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले लघुवित्तलाई जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्था चालु आर्थिक वर्षदेखि मात्रै कार्यान्वयन हुने राष्ट्र बैंकले जनाएको छ ।
बैठकहरूले गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्दा उक्त व्यवस्था अनुसार कर्जा नोक्सानी व्यवस्था घटाउन नसक्ने उनको भनाइ छ ।