१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक सय ४१ हेक्टर जमिनमा सिँचाइ सुविधा

अ+ अ-

पर्वत । जिल्लाको एक सय ४१ हेक्टरमा सिँचाइ सुविधा थप भएको छ । यहाँ सञ्चालित ११ वटा विभिन्न सिँचाइका योजना सम्पन्न भएसँगै स्थानीय किसानको सिँचाइमा पहुँच बढेको हो ।

 जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार जलजला गाउँपालिका–८ मा तल्लो कुलो, उपल्लो कुलो, डिलकुलो सिँचाइ योजना, मोदी गाउँपालिका–८ को साजखोला ठूलीब्याड सिँचाइ योजना, कुश्मा नगरपालिका–१२ को अर्जिकोटखोला ब्याड सिँचाइ योजना, महाशिला–३ को अँधेरीखोला, घोप्टेचौर, निगालीडाँडा सिँचाइ योजना सम्पन्न भएका हुन् । 

त्यसैगरी मोदी–१ मा भुकताङ्ले सिँचाइ योजना, जलजला–७ मा लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ योजना र फलेवासस्थित नमूना पोखरी सिँचाइ योजना, लिफ्ट सिँचाइलगायत योजना  सम्पन्न भएका उक्त कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार सिँचाइ सुविधा विस्तार गरिएको क्षेत्रफलमध्ये १० हेक्टरमा डिप ट्युबेल आयोजना कार्यान्वयन भएको हो ।  अब पर्वतमा सिँचाइ सुविधा पुगेको क्षेत्रफल छ हजार तीन सय हेक्टर पुगेको छ । चार हजार पाँच सय ७९ हेक्टरमा मौसमी र बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल एक हजार छ सय ९४ हेक्टर छ । यसबाहेक गत आर्थिक वर्ष २०८०/८१ मा किसानका साना कुलो सुधार तथा पुनः स्थापनाबाट एक सय २८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । 

गत आवमा उक्त कार्यालयमार्फत सञ्चालित प्रदेश मातहतका ८३ वटा योजना र सङ्घीय सरकारअन्तर्गतका २६ वटा योजना गरी एक सय नौ योजना थिए । चालु आवका लागि पनि चार ठूला योजनालाई स्रोत सुनिश्चित भएको छ । 

चालु आवमा सम्पन्न हुनुपर्ने ती  योजनाबाट थप ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने कार्यालय प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए । गण्डकी प्रदेश मातहतको उक्त कार्यालयलाई आव २०८०/८१ मा पुँजीगततर्फ रु १८ करोड ७४ लाख ५० हजार बजेट प्राप्त भएकामा रु १७ करोड ४२ लाख ८६ हजार नौ सय खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस