१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले जहाज दुर्घटनाको नैतिक जिम्मेवारी किन लिँदैन ? भन्दै प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न

अ+ अ-

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ?’ उनले प्रश्न गरे, ‘ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’

तल्लो तहका कर्मचारीलाई दोषी देखाएर पन्छिने प्रवृत्तिको विरोध गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिक जिम्मेवारी कसले लिन्छ भनेर प्रश्न गरेका हुन् ।

‘यसमा सरकार जबाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु-यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?’ साहले प्रश्न गरे । जनउत्तरदायी सरकार हो भने सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने र सुधारका लागि काम गर्नुपर्ने उनको सुझाव छ ।

गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको छ ।

विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस