२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित

अ+ अ-

चितवन । यहाँका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले आफूहरू नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन् ।

भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल दिन नसकिने अव्यवस्था रहेको गुनासो गरिन्। माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जनप्रतिनिधि भएका निकायमा सूचनाको पहुँचसम्म पुग्न सूचना अधिकारीलाई कठिन भएको दुखेसो पोखिन् । 

कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले सूचना अधिकारीलाई कतिपय सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मात्र थाहा हुने गरेको उनले बताए । कार्यालयको अन्य जिम्मेवारीसहित सूचना अधिकारीको भूमिकामा बस्दा निकै कठिन हुने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीले बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना अधिकारी आफू कार्यरत कार्यालयको कार्य प्रकृतिअनुसार सम्बन्धित पदाधिकारीबाट सूचना लिने, उजुरी पेटिकाको नियमित व्यवस्थापन गर्न सुझाउनुभयो भने सहभागी पत्रकारले सरकारी निकायका सूचना पाउन कठिन भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस