२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५२ वर्षे इतिहास तोड्दै कान्छा महानिर्देशक बने श्रेष्ठ 

अ+ अ-

काठमाडौँ । खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा ई.राम कुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार(आज) बसेको मन्त्री स्तरीय बैठकले खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०७९ भदौ २२ गतेदेखि खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशक रहेका ई. श्रेष्ठले विभागको ५२ वर्षे इतिहासमा सबैभन्दा कान्छा महानिर्देशकको रेकर्ड कायम गरेका छन् । 

विभागको पहिलो महानिर्देशक हिरण्यजित मल्ल (२०२९ मंसिरदेखि २०३८ पौष) देखि कमल राज श्रेष्ठ(२०८० असोज १ गतेदेखि २०८१ साउन ६ गते) सम्म आइपुग्दा ई श्रेष्ठ ४१ वर्षको उमेरमा महानिर्देशक बन्ने पहिलो सहसचिव हुन पुगेका हुन् । 

२०३८ असोजमा जन्मेका गोरखाका श्रेष्ठ २०६८ सालमा इन्जिनियर पदबाट निजामती सेवामा प्रवेश गरेका थिए । २०७२ सिनियर डिभिजनल इन्जिनियर (सिडीई) हुँदै २०७७ सु ई (सहसचिव) बनेका श्रेष्ठ सबै तहमा खुला प्रतिस्पर्धाबाट छनौट भएका थिए । खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा विभिन्न जिल्लाहरूमा कार्यालय प्रमुख रही सकेका ई श्रेष्ठले गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सचिवको रूपमा रहँदा मन्त्रालयको हाल सम्मकै बढी प्रगति हासिल गरेका थिए । 

युवा महानिर्देशको नियुक्तिले खानेपानी तथा ढल व्यवस्थापन विभागले उत्कृष्ट कार्यसम्पादन गर्ने आशा विभागले राखेको छ ।

प्रतिक्रिया दिनुहोस