२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी कल्याणकारी कोषमा पौने पाँच अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ ।

प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका काम गर्ने उद्देश्यले स्थापित कोषको रकम आर्थिक वर्ष २०८०र८१ मा झण्डै पौने पाँच अर्ब पुगेको हो ।

आर्थिक वर्ष २०७९र८० मा कल्याणकारी कोषको रकम चार अर्ब २१ करोड ७० लाख रुपैयाँ थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रहरी र आश्रित परिवारका लागि लक्षित गरेर विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले २०५२ सालमा कल्याणकारी कोष स्थापना भएको थियो ।

नेपाली सेना र सशस्त्र प्रहरी बलमा पनि यस्तै किसिमको कल्याणकारी कोषको व्यवस्था छ ।

कोषमा प्रहरी कर्मचारी संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जाँदा आउने रकमको निश्चित प्रतिशत जम्मा हुने गरेको छ ।

त्यस्तै प्रत्येक प्रहरी कर्मचारीबाट मासिक १ हजार रुपैयाँ, कोषबाट सञ्चालित आवास गृह, अतिथि गृह, नेपाल पुलिस हेल्थ क्लब, नेपाल पुलिस क्लब लगायतबाट प्राप्त हुने रकम, कोषका नाममा रहेका जग्गाबाट प्राप्त हुने रकम लगायत पनि आम्दानीका रूपमा दाखिला हुने गरेको छ ।

पछिल्लो आर्थिक वर्षमा कोषको रकमबाट २३ करोड १५ लाख ८५ हजार रुपैयाँ खर्च गरिएकोमा ५१ करोड ३८ लाख ९४ हजार रुपैयाँ आम्दानी भएको प्रहरी प्रवक्ता डीआईजी कार्की बताउँछन् ।

उनका अनुसार, तीमध्ये ४ करोड ८४ लाख ९६ हजार रुपैयाँ कल्याणकारी कार्यक्रममा खर्च भएको छ भने औषधोपचारतर्फ २ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ ।

नयाँ मिसनतर्फ ४ करोड ३४ लाख ४ हजार रुपैयाँ खर्च भएको छ भने मिसनसम्बन्धी तालिम र सेमिनारमा ७ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस