२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल टी-२० खेल्न सन्दीप लामिछाने क्यानडा प्रस्थान, भ्यान्कुभरको नयाँ कप्तान बन्ने चर्चा

अ+ अ-

काठमाडौँ । ग्लोबल टी २० लिग खेल्न नेपालका स्टार सन्दीप लामिछाने आज क्यानडा प्रस्थान गरेका छन् । यस प्रतियोगिताको नयाँ संस्करण आउँदो बिहीबार सुरु हुँदैछ ।

ग्लोबल टी २० मा यसपालि सन्दीपसँगै नेपालका थप दुई खेलाडी दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल पनि सहभागी छन् । सन्दीप र दीपेन्द्र एउटै टिम भ्यान्कुभर नाइट्सका सदस्य हुन् । रोहितलाई भने टोरन्टो नेसनल्सले अनुबन्ध गरेको छ । दीपेन्द्र र रोहितभन्दा अगाडि नै सन्दीप क्यानडा लागेका छन् ।

यतिबेला भ्यानकुभर नाइट्सको सम्भावित कप्तानका रूपमा पनि सन्दीपको चर्चा सुरु भएको छ । भ्यान्कुभरले पाकिस्तानी खेलाडी मोहम्मद रिजवानलाई कप्तान बनाएको थियो । तर, पाकिस्तानी क्रिकेट बोर्डले रिजवान र सोही टिमका ब्याट्सम्यान बाबर आजमलाई अनुमति नदिएपछि उनीहरूले यो प्रतियोगिता खेल्न नपाउने भएका छन् । पाकिस्तानी राष्ट्रिय टीमको व्यस्त तालिकाका कारण खेलाडीहरूलाई बोर्डले अनुमति नदिएको हो ।

रिजवान सहभागी हुन नपाउने भएपछि भ्याकुभर नाइट्स कप्तानविहीन बनेको छ । अहिलेसम्म टीमका तर्फबाट यस विषयमा कुनै पनि औपचारिक सूचना वा जानकारी गराइएको छैन । प्रतियोगिता सुरु हुन तीन दिन मात्रै बाँकी भएकाले तत्काल अर्को कप्तान नियुक्त गर्नुपर्ने छ । यही भएर सन्दीपलाई चाँडै बोलाइएको अनुमान गर्न सकिन्छ ।

सन्दीप भ्यानकुभर नाइट्सका प्रमुख खेलाडीमा पर्छन् । साथै, अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटका अनुभवी पनि हुन् । उनले अधिकांश देशमा आयोजना हुने टी २० लिग खेलिसकेका छन् । साथै, केही समय नेपालको राष्ट्रिय टिमको समेत नेतृत्व गरेका थिए । यही भएर सन्दीपलाई भ्यानकुभर नाइट्सको सम्भावित कप्तानको रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस