२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीमार्फत आलुको कारोबार

अ+ अ-

दमौली(तनहुँ) ।  कृषि ज्ञान केन्द्र तनहुँले आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा प्रशोधन योग्य आलु उत्पादनमा वृद्धि भएको छ । कार्यालयले चालु आर्थिक वर्षमा समुदायस्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि जिल्लाका १२ सहकारीमार्फत रु एक करोड २१ लाखको आलुको कारोबार भएको छ । 

कार्यालयले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत १२ सहकारीलाई रु एक करोड चार लाख ९५ हजार अनुदान उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । उक्त कार्यक्रमका लागि रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ । 

सहकारीमार्फत एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको प्रमुख लामिछानेले बताए। सो कार्यक्रममार्फत सहकारीले प्रशोधनयोग्य ९१ दशमलव ८८ मेट्रिकटन बीउ खरिद गरी कृषकलाई वितरण गरिएको थियो । त्यस्तै १७ मिनीटिलर, ४८ स्प्रेयर, ६ डिजिटल तराजु, दुई ड्याङ बनाउने मेसिन तथा ९२ क्रेट खरिद गरिएको छ । यस्तै दुई सय ३५ मिटर पक्की कुलो निर्माण, एक हजार ६ सय ८३ मिटर पाइप तथा तीन वटा पम्प खरिद गरिएको छ । 

बाह्र सहकारीमार्फत सञ्चालित उक्त कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताए । घिरिङ गाउँपालिका–१ को उर्भरा कृषि सहकारी संस्थालाई रु सात लाख २९ हजार, व्यास नगरपालिका–६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई रु ११ लाख ४९ हजार, व्यास–७ को स्थित चउर कृषक समूहलाई रु तीन लाख २९ हजार, व्यास–९ को कुसुमे उद्यमशील कृषक समूहलाई रु चार लाख ३० हजार, भानु नगरपालिका–५ को भानु सहकारी संस्थालाई रु तीन लाख ५८ हजार, भानु–७ को थानीमाइ कृषक समूहलाई रु दुई लाख ३४ हजार, भिमाद नगरपालिका–१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई रु पाँच लाख ५८ हजार, भानु–८ को देउराली कृषक समूहलाई रु ६ लाख २१ हजार, भानु–५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई रु दुई लाख ९२ हजार तथा व्यास–९ को राजापानी कृषक समूहलाई रु नौ लाख ४४ हजार अनुदान दिइएको केन्द्रले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस