२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूलीमा १२ शव फेला, ५ जनाको सनाखत हुन बाँकी

अ+ अ-

काठमाडौँ । सिमलताल दुर्घटनामा परि त्रिशूलीमा बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा नारायणी नदी किनारमा सोमबार बिहानसम्म १२ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार घटनास्थल भरतपुर २९ सिमलतालदेखि गण्डक ब्यारेजसम्मको नारायणी किनारामा खोजी गर्ने क्रममा ती शव भेटिएका हुन् ।

चितवन प्रहरीले भेटिएका शवहरू सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसमा सवार यात्रुहरू हुनसक्ने अनुमान गरेको छ ।

शव भेटिएकाहरूमध्ये अहिलेसम्म सात जनाको मात्रै सनाखत भएको छ । उनीहरूको आफन्तले शव जिम्मा पनि लिइसकेका छन् । तर, पाँच जनाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीको भनाई छ ।

सनाखत हुनेमा सर्लाहीको बरहथवा ३ बस्ने १९ वर्षीय रमितकुमार माझी, चितवनको माडी १ बस्ने २२ वर्षीय विकाश परियार, भारत सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपल साह, भारत सीतामणि बेतिया बस्ने ३० वर्षीय जयप्रकाश ठाकुर र भारत बिहार बेतिया बस्ने ३० वर्षीय सजाद अन्सारी रहेका छन् ।

त्यसैगरी चितवन भरतपुर २२ बस्ने २३ वर्षीय सुदीप विक र रौतहट जमुनामाई ४ बस्ने १७ वर्षीय राहुम मियाको शवको सनाखत भएको छ । भेटिएका शव मध्ये चार चार पुरुष र एक महिलाको शवको पहिचान खुल्न सकेको छैन । घटनास्थल सिमलताभन्दा ५० किलोमिटरदेखि एक सय किलोमिटर गण्डक ब्यारेजसम्म ती शव भेटेको हो ।

प्रतिक्रिया दिनुहोस