काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारका दुई उपप्रधानमन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई उपप्रधानमन्त्रीले शपथ लिएका हुन् ।
काँग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र एमालेबाट उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले पद तथा गोपनीयताको शपथ गरेका हुन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका थिए ।