२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा तथा खेलकुद मन्त्रालयलाई हेर्ने नजर बदलेको मन्त्री श्रेष्ठको दाबी 

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयलाई हेर्ने नजर फेरिएको बताएका छन् ।

चार महिना मन्त्रालय सम्हालेपछि आइतबार बिदाइ हुँदै उनले भने, ‘सुरुमा आउँदा केही नभएको जस्तो गरी हेरिन्थ्यो । अहिले मैले सुनेको दुवै (काँग्रेस-एमाले) राजनीतिक पार्टीमा युवा तथा खेलकुद मन्त्रालय लिन चाहेको भन्ने कुरा सुनेको छु ।’

मन्त्री श्रेष्ठले आफूले कुनै पनि काम चर्चाका लागि मात्र नगरेको भन्दै केही नीतिगत सुधारका काम गरेको बताए । ‘मैले स्टण्डको राजनीति गरिन । नीतिगत कुराहरू हाम्रो उपलब्धि हो’, उनले भने ।

खेलकुद मन्त्रालय छाड्दा आफू दुःखी नभएको भन्दै मन्त्री श्रेष्ठले अब प्रतिपक्षको जिम्मेवारीका लागि उत्साहित भएको बताए । ‘यहाँबाट दुःखी भएर जाने कि अर्को जिम्मेवारीको लागि उत्साहित भएर जाने भन्ने हो । म चाहिँ अर्को जिम्मेवारीका लागि निकै उत्साहित भएर जाँदैछु’, उनले भने ।

आगामी दिनमा खेलकुद मन्त्रालयमा हुने गलत कामका विरुद्ध आफूले आवाज उठाउने उनले बताए ।

मन्त्री श्रेष्ठले आफ्नो १२९ दिनको कार्यकालमा भएका नराम्रा र अपुरा काम तथा त्रुटिको जिम्मा आफैँले लिने बताए । उनले आगामी दिनमा राजनीतिक नेतृत्वलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरे ।

‘भोलि जोसुकै मन्त्री आए पनि हाम्रो शाखा, महाशाखाहरूमा राम्रोसँग काम गरिदिनुस् । खेलकुद नीतिको कुराहरू अघि बढेको छ । यो हामीले गरेको उपलब्धि हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस