काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई विवरण दर्ता गर्न अनुरोध गरेको छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरण २०८१ भाद्र मसान्तसम्म गर्न सकिने जनाउँदै विभागले परिचयपत्रमा विवरण दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई वडा कार्यालयलाई सम्पर्क गरी अभियानको समयमा वा जिल्ला प्रशासन तथा इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्न भनेको हो ।
त्यसैगरी २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय नम्बर अनिवार्य गरिएको जनाउँदै ती जिल्लाहरूमा विवरण दर्ताका लागि जनशक्तिसमेत थप गरी विवरण दर्ता गर्ने कार्य भइरहेको पनि विभागले जनाएको छ ।
गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको गरेको थियो ।
सम्बन्धित समाचार : सामाजिक सुरक्षा सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
आइतबार (आज) को सूचनामा भने सो निर्णयबारे केही बोलेको छैन र पुरानै निर्णय अनुसार काम सुचारु भइरहेको जनाएको छ ।