३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधनको खेलाँची नगर्न ‘प्रचण्ड’को चेतावनी

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको खेलाँची नगर्न काँग्रेस एमालेलाई चुनौती दिएका छन् । शुक्रवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा उनले दुई दल २०४७ सालतिरै फर्कन खोजेको बताए ।

उनले भने– ‘निराधार आरोप लगाएर दुई प्रतिस्पर्धी पार्टी बढो रहस्यमय तरिकाले आज भएका ठाउँमा उभिनुभएको छ । कतै स्थायित्वको नारा दिनुभएको छ, कतै संविधान संशोधनको छिर्के हान्नुभएको छ, गर्नु के भएको हो ? आधिकारिक हस्ताक्षर बाहिर ल्याउनुभएकै छैन । साथीहरूलाई मेरो प्रश्न छ, संविधान संशोधन जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्नुहोला । तपाईँहरूको जस्तै तरिकाले जनताको स्वीकार्यता पाउँछ ? राष्ट्रियसभाको सबैभन्दा ठुलो दल हो माओवादी केन्द्र । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ? कतै स्थिरताको नाममा तपाईँहरूले समावेशी, समानुपातिक प्रणाली समाप्त पार्न खोजेको गन्ध आएको छ । तपाईँहरूको इच्छा २०४७ सालतिरै फर्किने होला भन्ने लाग्छ मलाई ।’

उनले अस्थिरताको कारण देखाएर समानुपातिक अनि समावेशी प्रतिनिधित्व हटाउन खोजेको र र साना दलहरूलाई निषेध गर्न खोजेको बताए । उनले साना दलहरू आज काँग्रेस एमालेतिर गए पनि भोली थाहा पाउने उल्लेख गरे । उनले संविधान संशोधन गरेर काँग्रेस एमालेले दलित, महिला लगायतले पाइरहेका अधिकार खोस्न खोजेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस