१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरको नीति कार्यक्रम सर्वसम्मत पारित

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

३२ जेठमा महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो ।

२ असारमा नगरसभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर, साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेको थिएन ।

१५औँ अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि तीन दलका निर्वाचित तीन वडाध्यक्षले साझा संशोधन प्रस्ताव राखेका थिए ।

२ असारमा महानगर प्रवक्ता समेत रहेका नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका अध्यक्ष नवराज पराजुली र एकीकृत (समाजवादी) बाट निर्वाचित वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधन प्रस्ताव तयार गर्न केही समय लाग्ने बताएका थिए ।

त्यसका लागि केही घण्टा नगरसभा बैठक सार्न आग्रह गर्दा मेयर बालेन मानेका थिएनन् । उनले बजेटको दिनसम्मकै लागि बैठक स्थगित गरेका थिए ।

१० असारमा बजेटकै दिन बालेनले नीति कार्यक्रममा छलफल गराए । तर, उक्त दिन मानन्धर, पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरे पनि उक्त प्रस्तावमा अधिकांश नगरसभा सदस्य देखिए । मेयर बालेनले ल्याएको नीति कार्यक्रम कार्यपालिकामा नै छलफल नभएको कुरा नगरसभामा कुरा उठेको थियो ।

नीति तथा कार्यक्रममा प्रश्न उठेपछि पास नगरी आगामी आवको बजेट प्रस्तुत भएको थियो । १४ असारमा मेयर बालेनले आगामी आवको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे तर नगरसभा सदस्यहरूले तीन वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावमाथिको छलफलपछि मात्रै पास गर्ने बताएका थिए ।

त्यसपछि सोमबार महानगरको कार्यपालिका हलमा व्यापक छलफल भएपछि संशोधन प्रस्ताव ‘यथासम्भव सम्बोधन’ गर्न मेयर तयार भएका थिए ।

त्यसपछि आज संशोधन सहित नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस