सल्यान अस्पतालमा सर्पदंशको उपचार सुरु « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सल्यान अस्पतालमा सर्पदंशको उपचार सुरु


२४ असार २०८१, सोमबार


काठमाडौँ । जिल्ला अस्पताल सल्यानले सर्पदंशका बिरामीको उपचार सुरु गरेको छ ।

गर्मी र बर्षात्‌को समयमा सर्पको टोकाइबाट घाइतेले समयमा उपचार नपाउँदा ज्यान गुमाउनु पर्ने र उपचारको लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्न सर्पदंशको उपचार सुरु गरेको हो ।

जिल्ला अस्पताल सल्यानमा सर्पले टोकेकाहरूको उपचार गर्न थालेपछि जिल्लाका बासिन्दालाई बाहिर जान नपर्ने भएको छ । जिल्ला अस्पतालमा केही दिनयता आएका सपंदंशका दुई जना बिरामी निको भएर घर गइसकेका छन् ।

यसअघि सर्पले टोकेकाहरु उपचारका लागि नेपालगन्ज जान बाध्य हुँदै थिए भने कतिले उपचारको अभाब तथा घरेलु उपचार गर्दा अकालमा ज्यान गुमाएका थिए । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले सर्पले टोकेकाको उपचारमा आवश्यक हुने एन्टी स्नेभ भेनम अस्पतालमा अहिले पर्याप्त मात्रामा भएको बताए ।

गाउँमा सर्पदंशको घरेलु उपचार तथा धामीझाक्रीको भरपर्दा धेरैले ज्यान गुमाएका छन् । जिल्लामा उपचार नहुँदा गाउँबाट जिल्ला अस्पताल आएकालाई बाहिर रिफर गर्नुपर्दा परिवारलाई सास्ती हुने गर्थ्यो भने आर्थिक भार मात्र नभई अनावश्यक तनाव हुन्थ्यो । भेन्टिलेटरको आवश्यकता पर्ने बाहेक अन्य सबैको जिल्ला अस्पताल सल्यानमै उपचार भइरहेको उनको भनाई छ ।

बिरामीलाई झारफुक गर्न नलागी र सर्पले टोकेको स्थान भन्दा केही माथि कपडा तथा डोरीले बाध्ने, काट्ने, चुस्ने जस्ता काम नगरी टोकेको ठाउँलाई चलाउन नदिई सिधै जिल्ला अस्पताल ल्याउन उनले आग्रह गरेका छन् । यहाँ घाँसदाउरा गर्दा, घरभित्र बसेको, सुतेको बेला र रातिको समयमा हिँड्दा धेरैलाई टोकेको पाइएको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस