२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलिदेखि एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने

अ+ अ-

काठमाडौँ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।

गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरूमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो ।

उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।

प्रतिवेदनहरू पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।

पदाधिकारी र केन्द्रीय सदस्य चयन हुने क्लस्टर तयार भइसकेको छ । जसअनुसार, पदाधिकारी सहित ८० जना खुला कोटाबाट आउनेछन् । ७० जना केन्द्रीय सदस्य समावेशी क्लष्टरबाट आउनेछन् ।

बाँकी भूगोल र गैरभौगोलिक क्षेत्रका निम्ति कोटा छुट्याइएको छ । कोशीबाट २१, मधेशबाट २१, बागमतीबाट २३, गण्डकीबाट १५, लुम्बिनीबाट १८, कर्णालीबाट १९ र सुदूरपश्चिमबाट १६ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।

पेशागत प्रदेशबाट ६, सम्पर्क प्रदेशबाट ८, भारत प्रवासबाट एक र अन्य प्रवासबाट १ जना केन्द्रीय सदस्य चयन हुनेछन् । पदाधिकारी सहित यी केन्द्रीय सदस्य चयनमा सर्वसहमति गर्ने प्रयत्नमा नेताहरू लागेका छन् ।

तर पार्टी अध्यक्षमै सर्वसहमतिको सम्भावना कमजोर रहेको नेताहरू बताउँछन् । माधव नेपाल फेरि नेतृत्वमा दोहोरिन चाहेका छन् भने घनश्याम भूसालले पनि नेतृत्वमा दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस