काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक अहिले बसिरहेको छ ।
टीआरसी सहजीकरणका लागि बनाइएको संयन्त्रको पहिलो बैठक एमाले संसदीय दल कार्यालय सिंहदरवारमा बसिरहेको हो ।
सहजीकरण कार्यदलमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएर कार्यदल गठन गरिएको थियो ।