काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् ।
त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा. अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्ति पत्र लिएको जानकारी दिए ।