२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथ्या सूचनाले जोखिम र असुरक्षा बढाउँछ : गृह सचिव अर्याल

अ+ अ-

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले सीमित स्रोतसाधन, जलवायु परिवर्तन र मिथ्या सूचनाको फैलावटले जोखिम र असुरक्षालाई झनै बढाउने बताएका छन् । 

संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बिहीबार आयोजित अन्तराष्ट्रिय प्रहरी प्रमुखहरूको चौथो शिखर सम्मेलनमा बोल्दै गृह सचिव अर्यालले यस्तो बताएका हुन् । नयाँ प्रविधिको प्रयोगबाट जटिल खतराहरू सुधार गर्न सकिने उनले बताए । ‘हामीले जटिल खतराहरूप्रति चाँडो प्रतिक्रिया दिन र तयारी गर्न नयाँ र डिजिटल प्रविधिको प्रयोग गर्नुपर्छ’, अर्यालले भने -‘अराजक तत्त्वहरूले साइबर स्पेसलाई हतियार बनाउन र महत्त्वपूर्ण पूर्वाधारमा अवरोध पुर्‍याउन सक्छन्, त्यसैले हामीले सचेत रहनुपर्छ ।’

गृह सचिव अर्यालले द्वन्द्वपछि नेपालले शान्ति स्थापना र शान्ति निर्माणमा महत्त्वपूर्ण अनुभव हासिल गरेको उल्लेख गरे । उनले जटिल चुनौतीहरूको समाधानका लागि नवीन दृष्टिकोणका साथ अघि बढेको बताए । ‘संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना प्रयासको पुरानो साझेदारको रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा योगदान गर्न प्रतिबद्ध छ,’ अर्यालले भने ।

त्यसैगरी अर्यालले महिला, युवा र समुदायका प्रतिनिधिहरूलाई सशक्त बनाउन जोड दिए । ‘उनीहरू शान्ति प्रक्रियाका मुख्य हिस्सा हुन्, किनकि उनीहरूलाई परिस्थितिको राम्रो बुझाइ छ,’ उनले भने । 

शान्ति मिसनमा नेपालको प्रतिबद्धता दोहो¥याउँदै अर्यालले भने, ‘नेपालले विश्वभर द्वन्द्वग्रस्त क्षेत्रका नागरिकको सुरक्षा, सार्वजनिक व्यवस्था सुधार गर्न र कानुनको शासन सुदृढ गर्न संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका लागि व्यवसायीक प्रहरी अधिकारीको सहायता जारी राख्नेछ’।

शिखर सम्मेलनमा संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाका क्रममा स्थानीय प्रहरी अधिकारीहरूसँग प्राप्त गरेका ज्ञान, कौशल र सीपबाट शान्ति स्थापनार्थ भएका प्रयासहरूबारे देखाइएको थियो ।

सोही अवसरमा गृह सचिव अर्यालले यूएनओका अन्डर सेक्रेटरी जनरल अतुल खरेसँग भेटवार्ता गरेका छन् । सो क्रममा प्रशिक्षण र पूर्वाधार विकासमा सहयोगबारे पनि सकारात्मक कुराकानी भएको जनाइएको छ । 

न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको स्थायी नियोगको राजदूत लोकबहादुर थापा मिसन चिफ रहेको नेपाली प्रतिनिधि मण्डलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, गृह मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख थानेश्वर गौतम र प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीलगायत सहभागी रहेका छन् । 

एक सय २६ देशका उच्च अधिकारीहरू सहभागी रहेको सम्मेलनमा नेपालको उपस्थिति निकै महत्त्वपूर्ण रहेको अधिकारीहरूले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस