काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो अरूसँग एकता गरेर नमिसिने बताएका छन् ।
जनताका नेता नेपाल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले निर्माण गरेको पार्टीलाई मर्न नदिने बताए।
उनले भने, ‘यो पार्टीलाई हामीले निर्माण गरेका हौँ। यसलाई मर्न दिन हुँदैन, यो कतै मिसिँदैन । यसको अस्तित्व समाप्त हुन सक्दैन । आजको नेपालीको समाजमा समाजवादको धरोहर बोकेर हिँड्ने नेकपा एकीकृत समाजवादी जन्मिएको हो । अबको समाजवादको नेतृत्व गर्ने र कम्युनिष्ट आन्दोलनको झण्डा उठाएर हिँड्ने जिम्मेवारी माधव नेपालको हातमा आइलागेको छ । हामी उहाँको सहयात्री हौँ ।’
नेपालको राजनीतिमा माधव नेपालजस्तो कुनै दाग नलागेको नेता नभएको जिकिर गरे । उनले माधव नेपालले जस्तो कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता अरू कसैले नराख्ने जिकिर गरे ।