२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरप्रमुखको किर्ते हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृत !

अ+ अ-

काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत एक कर्मचारीले सरकारी कागजात किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको खुलेको छ ।

नगरपालिकाको अधिकृत सातौँ तहका हरिओम प्रसाद जयसवालले नक्कली पत्र र नगरप्रमुखको हस्ताक्षर किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको खुलेको हो । जयसवालले मन्त्रालयको २०८१ असार ९ गतेको चलानी नं. २४७४ मार्फत सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको भन्दै पदबहालीसमेत गरिसकेका छन् ।

आफूले सिफारिस नै नगरेको अवस्थामा जयसवालले मन्त्रालयको पत्र लिएर आएको नगरप्रमुख किशोरीलाल साह कलवारले जानकारी दिए । ‘तहाँ कार्यालयको च.नं. १३८० मिति २०८१/०१/२४ को पत्रबाट लेखी आए बमोजिम तहाँ कार्यालयमा नेपाल स्वास्थ्य सेवा, आयुर्वेद समूह, अधिकृत सातौं तहमा कार्यरत श्री हरिओम प्रसाद जयसवाल (कर्मचारी संकेत नं. १८८५५६) लाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि तहाँ कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको ब्यहोरा यस मन्त्रालयको मिति २०८१/०३/०९ को निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।

ज्येष्ठ कर्मचारीको आधारमा जयसवाललाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एव सहसचिव काली प्रसाद पराजुलीले जानकारी दिए । सिम्रौनगढ नगरपालिकाबाट पत्र लिई आएका जयसवाललाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार ज्येष्ठताका आधारमा उक्त जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । तर, पेस गरेको सिफारिस सक्कली वा नक्कली भन्ने विषयमा मन्त्रालय जानकार छैन ।

जयसवालले किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्राप्त गरेको भन्दै नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै तोकिएको जिम्मेवारी बदर गरिदिन भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवाको सहमतिको लागि दिइएको पत्र जयसवालले दुरुपयोग गरी पत्रलाई स्केनिंग गरी ब्यहोरा मेटाई सोही हस्ताक्षर र चलानी नं. भएको पत्र आफैँ बनाई जिम्मावरीको सिफारिस तयार गरी मन्त्रालयमा पेस गरेको नगरप्रमुख कलवारले बताए । उनले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई जानकारी गराइसकेको बताए ।

मन्त्रालयले कुनै पनि जानकारी दिनु परेमा यसअघि इमेल गर्ने गरेकोमा जयसवालको नियुक्तिबारे कुनै इमेल नआएको भन्दै नगरप्रमुख कलवारले मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारी उनले अधिकृतको जिम्मेवारी लिएको हुन सक्ने शङ्का व्यक्त गरे ।
आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि मिति २०८१ वैशाख २४ मा चलानी नम्बर १३८० को पत्रबाट नगरपालिकाले जयसवाललाई काज/सरुवा सहमति दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई उनले प्रविधिको प्रयोग गरी किर्ते गरेको पाइएको हो । नगरपालिकाको गत वैशाख २४ को चलानी नं. १३८० भएको पत्र काज÷सरुवाका लागि स्वास्थ्य मन्त्रालयलाई सहमति दिइएको छ भने सोही मिति र चलानी नं. भएको पत्रमा आर्थिक तथा प्रशासनिक जिम्मेवारी पनि प्रदान गरिएको छ । गज्जब त के छ भने एउटै चलानी नं. भएका फरक विषयका पत्र फरक फरक मन्त्रालयमा पठाइएको छ ।

जयसवालले आफूले कुनै कागजात किर्ते नगरेको दाबी गरे । उनले आफूमाथि लागेको आरोप निराधार रहेको बताए । ‘स्वास्थ्यको काज सरुवाको लागि सहमति दिनु भएको थियो । र स्वास्थ्यको काज सरुवा भएन भने नगरपालिकाका प्रशासकीय अधिकृतको लागि पनि सिफारिस गर्नु भएको थियो,’ उनले भने, ‘उहाँको पत्र मन्त्रालयमा दिएकै आधारमा मलाई मन्त्रालयले जिम्मेवारी दिएर खटाएको हो ।’जयसवाल सोमबार नगरपालिकामा हाजिर भएका हुन् । उनलाई नगरप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस