बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम


१४ असार २०८१, शुक्रबार


काठमाडौँ । बैङ्ककस्थित नेपाली राजदूतावासले बिहीबार नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)र नेपाल पर्वतारोहण सङ्घसँगको संयुक्त आयोजनामा  बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । 

त्यस अवसरमा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले पर्यटन क्षेत्रको व्यावसायिक सम्भावनाको खोजी गर्न सहभागी सबैलाई आग्रह गरे। नेपालले थाई पर्यटकहरूलाई भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र शान्तिको स्रोत, राजर्षि  जनकको राजधानी जनकपुरदेखि मन्त्रमुग्ध गर्ने हिमालयका अनौठा स्थलहरूको अवलोकनमा जान आग्रह गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ । 

नेपाल सांस्कृतिक, सम्पदास्थल, प्रकृति प्रेमी, तीर्थयात्री, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी गर्न चाहने हरेक वर्गका निम्ति  पर्यटकीय गन्तव्य हो भन्दै राजदूत ओलीले  धेरै लामो मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध भए पनि नेपाल र थाइल्याण्डबीच अझै धेरै अन्वेषण गर्न बाँकी रहेको बताए। 

साथै उनले दुवै देशका व्यवसायी समुदायबीच व्यापार सञ्जाल, साझेदारी विकास र सूचना आदानप्रदान हुनुपर्नेमा जोड दिँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आवश्यक हर सम्भव सहयोग उपलब्ध गराउन दूतावास सधैँ तत्पर रहेको बताए । 

सन् २००८ मा थाइल्याण्डबाट पहिलो सगरमाथा आरोहण गरेका र थाई नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष भितिदनान रोजानापानिचले नेपाल र हिमालयका बारेमा आफ्ना अनुभव सुनाएका थिए । 

‘एक्सपेरियन्स नेपाल: लुम्बिनी टु हिमालयन ब्लिस’ शीर्षकमा भएको  उक्त कार्यक्रममा  नेपाल दूतावास र र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट २५ ट्राभल एण्ड टूर कम्पनी, थाइल्याण्डका ५० ट्राभल एण्ड टूर कम्पनी, नेपाल एयरलाइन्स, थाई एयरवेज र थाई लायन एयरका प्रतिनिधि, थाई सरकारका अधिकारी तथा व्यवसायी, सञ्चारकर्मी, गैरआवासीय नेपाली सङ्घ र थाई–नेपाल सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस