काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्वाचित भएका छन् ।
भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम महाधिवेशनबाट श्रेष्ठ महामन्त्रीमा निर्विरोध निर्वाचित भएका हुन् । कांग्रसको भातृ संगठन नेविसंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका श्रेष्ठ काँग्रेसको महासमिति सदस्य पनि हुन् ।
महासंघको महाधिवेशनबाट अध्यक्षमा ओम घर्तिमगर,उपाध्यक्षमा विश्वदिप लिङ्देन लगायत अन्य पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् ।