काठमाडौँ । आईसीसी टी २० विश्वकपको फाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ५७ रनको झिनो लक्ष्य दिएको छ । बिहीबार टारोउबामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा मात्र ५६ रन बनाएर अलआउट हुन पुग्यो ।
अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंमा रन बनाउन सकेनन् । अफगानिस्तानलाई सस्तोमा रोक्न दक्षिण अफ्रिकाका मार्को यानसन र तबरेज साम्सीले समान तीन –तीन विकेट लिए । यस्तै, कगिसो रबाडा र एनरिक नोर्ट्जे समान दुई विकेट रह्यो ।
यानसङले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिँदा कगिसो रबाडाले ३ ओभरमा १ मेडनसहित जम्मा १४ रन दिए । नोर्कियाले ३ ओभरमा ७ रन खर्च दा शाम्सीले १.५ ओभरमा ६ रन दिए ।
प्रतियोगितामा दक्षिण अफ्रिका सुपर–८ को समूह–२ को विजेताका रूपमा सेमिफाइनल आएको हो । अफगानिस्तान भने समूह–१ को उपविजेता हो । आजको खेलमा जित निकाल्ने टिमले विश्वकपको उपाधिका निम्ति भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । ताजा अवस्थामा दक्षिण अफ्रिकाले २.४ ओभर सकिँदा १ विकेट गुमाएर ६ रन जोडेको छ ।