लुम्बिनी । लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०८१/८२ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबारको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव ध्वनिमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका हुन् ।
प्रदेशसभामा यही असार १ गते आर्थिक मामिलामन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ का लागि रु. ३८ अर्ब ९७ करोडको बजेट पेस गरेका थिए ।
आगामी वर्ष आन्तरिक राजस्वमार्फत रु. सात अर्ब ५१ करोड र सङ्घबाट रु. १२ अर्ब एक करोड र सङ्घबाट सलामी दस्तुरबापत रु. ५० करोड र स्थानीय तहबाट रु. दुई अर्ब ९२ करोड प्राप्त हुने अनुमान छ ।