१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचनाको हक कार्यान्वयन सन्तोषजनक : प्रतिवेदन

अ+ अ-

काठमाडौँ । मुलुकमा सूचनाको हकसम्बन्धी प्रावधानको कार्यान्वयन सन्तोषजनक रहेको एक अध्ययनले देखाएको छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) को सहयोगमा इन्टरनेशनल रिसर्च एण्ड एक्सचेन्ज र द एशिया फाउण्डेशनद्वारा संयुक्त रूपमा गरिएको अध्ययनले नेपालको संविधानले गरेको व्यवस्थाको कार्यान्वयन सन्तोषजनक रहेको देखाएको हो ।

नागरिक समाज र सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिसँग सो अध्ययन गरिएको आज काठमाडौँमा आयोजित कार्यक्रममा जानकारी दिइयो । ‘भाइव्रेन्ट इन्फरमेशन व्यारोमिटर’ (भाइव) नामक अध्ययन प्रतिवेदनमा नेपालले ४० पूर्णाङ्कमा २३ नम्बर प्राप्त गरेको हो । उक्त प्रतिवेदनका अनुसार लुम्बिनी प्रदेशले कूल ४० मा २४ अङ्क र मधेस प्रदेशमा कूल ४० मा २२ अङ्क प्राप्त गरेको उल्लेख छ ।

प्रतिवेदनमा सूचनाको गुणस्तर, सूचना प्रवाह गर्ने माध्याम, सूचनाको खपत र संलग्नता र रुपान्तरणकारी कार्य सिद्धान्तको अध्ययन गरेर सार्वजनिक गरिएको प्रमुख अनुसन्धानकर्ता उमेश पोखरेलले जानकारी दिए । विविधतापूर्ण र समावेशी हुने गरी छनोट गरिएका विज्ञको समूहले नेपालको सूचनाको अवस्थालाई २० मुख्य सूचक र १६७ उपसूचक आधारित रहेर अध्ययन गरेको थियो ।

बीस मुख्य सूचकमा गुणस्तरीय सूचनाको उपलब्धता, तथ्यमा आधारित सूचना, सूचनाको समावेशिता, सूचना उत्पादनमा आर्थिक पर्याप्तता, सूचनाको अधिकार, सूचनाको माध्याममा पहँुच, सरकारी सूचनामा पहुँचलगायत रहेका थिए ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकलाई संविधानमा नै उल्लेख गरिएकाले नागरिकले सही सूचना समयमै पाउनुपर्ने बताए । उनले नेपालमा सूचना र सञ्चारको क्षेत्रमा नीति, रणनीति र कानुन बनाउनका लागि यस्ता प्रतिवेदनले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रिय सूचना आयोगले समेत नेपालको सूचनाको क्षेत्रमा अध्ययन अनुसन्धान गरिरहेको उनको भनाइ थियो । द एशिया फाउण्डेशनका देशीय प्रतिनिधी मेघन नाल्वो, युएसएआईडीद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’का कार्यक्रम निर्देशक अजय दासलगायतले सामाजिक सञ्चालनमा आउने गलत सूचनाले जनतामा भ्रम सिर्जना गर्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस