२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिवेशन गर्न नसके घरतिर लाग्न भ्रातृ संस्थाका अध्यक्षलाई गगन थापाको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संस्थाका अध्यक्षहरूले महाधिवेशन गराउन नसक्ने भए घरतिर लाग्न निर्देशन दिएका छन् ।

पार्टीले सबै भ्रातृ संस्थाको अधिवेशन गर्न १५ असारसम्मको अवधि दिएको छ । तर यो अवधिभित्र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो अधिवेशन मंगलबारबाट काठमाडौँमा सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महामन्त्री थापाले प्राप्त जिम्मेवारी पूरा नगर्ने भ्रातृ संस्थाका अध्यक्ष घर जानुपर्ने बताए ।

‘लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले अधिवेशन गरिसकेपछि उहाँहरू (अधिवेशन नगर्ने भ्रातृ संस्था)ले केही भन्न पाउनुहुँदैन,’ थापाले भने,‘खुरुखुरु अधिवेशन गर्ने अधिवेशन गर्न नसके घरतिर लाग्ने । योभन्दा अरु उपाय केही पनि हुन्न ।’

भ्रातृ संस्थाहरूले अधिवेशन गर्ने छाँटकाँट भने आफूले नदेखेको उनले सुनाए । भ्रातृ संस्थाले अधिवेशन गराउन पाएको जिम्मेवारी पूरा नगरेर सभापति र महामन्त्रीलाई दोष लगाउने गरेको थापाले बताए । ‘सबैले दोष कसलाई लगाउनुभएको छ भने मौका पाउनुभयो कि पार्टीको सभापति खत्तम, महामन्त्री खत्तम अधिवेशन नै गर्न सकेन भन्नुभएको छ,’ थापाले भने ।

कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये महासमिति बैठकअघि मुस्लिम संघले अधिवेशन गरेको थियो । अधिवेशन गरेर नयाँ नेतृत्व चुन्नेमा दोस्रो लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनेको छ ।

२०६४ सालमा स्थापना भएको आदिवासी जनजाति संघले पहिलो पटक अधिवेशन गर्न लागेको छ । काँग्रेसले पार्टी निकट आदिवासी जनजातिहरूसँग सम्बन्धित सबै संस्थालाई संयोजन गरेर लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाएको छ ।

प्रतिक्रिया दिनुहोस