१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेंगु : यसरी सकिन्छ जोगिन 

अ+ अ-

तराई र केही पहाडी जिल्लामा देखिएको डेंगु गराउने लामखुट्टे अहिले हिमाली जिल्लामासमेत भेटिएको छ । यसबारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग प्रशासन डटकमका लागि भावना हमालले गरेको कुराकानीको सम्पादित अंश:

डेंगु भनेको के हो ?
डेंगु एक प्रकारको भाइरस हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स-साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खासगरी वर्षातको पानी जम्ने टिनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । तराइमा मात्र देखिने लामखुट्टे अहिले सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो शहरमा बढी देखिएको छ ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखुट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । यसले गर्दा मानिसलाई विभिन्न प्रकारका रोग लाग्ने गर्छ । पछिल्लो समय यस भाइरसबाट मृत्यु हुनेको संख्या सन २०२२ को भन्दा बढी रहेको छ । समयमै यसको नियन्त्रण गर्ने सकेनौँ भने यसबाट धेरैको ज्यान जाने सम्भावना रहेको छ । 

डेंगु लागेको कसरी थाहा पाउने ? 
डेंगु मनसुनको समयमा बढी देखिने गर्छ । डेंगुको लक्षण तुरुन्तै देखिँदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । जस्तै

-असाध्यै टाउको दुख्ने
-आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
-ढाड, जोर्नी तथा मांसपेशिहरू दुख्ने
-शरीरमा बिमिरा आउने
-वाकवाकी लाग्ने
-पेट दुख्ने
-नाक वा गिजाबाट रगत बग्ने
-रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू देखा परेमा डेंगु लागेको थाहा पाउन सकिन्छ ।

डेंगु सार्ने एडिस जातको लामखुट्टे कहाँ पाइन्छ ?
एडिस जातको लामखुट्टेले स-साना पानी जमेका स्थानमा फूल पार्छ । विशेषतः टिनका डब्बा, थोत्रा टायर, खाली ड्रम, फूलदानी, गमला, पानीको ट्याङ्की, दहीका बट्टा आदि जस्ता पानी जम्ने भाडाकुँडाहरुमा यसले फूल पार्छ । 

सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने हुँदा पनि यो लामखुट्टे सहरी क्षेत्रमा बढी पाइन्छ । एडिस जातको लामखुट्टे कालो रङमा सेता थोप्ला रहेको तथा टाटे-पाटे हुन्छ । यसले खास गरी दिउँसो टोक्ने गर्छ । 

डेंगुको औषधि बनेको छ कि छैन ? के छ उपचार ?
डेंगु सङ्क्रमणको उपचारका लागि कुनै विशेष औषधि छैन । डेंगु ज्वरो छ जस्तो लाग्छ भने प्रशस्त आराम गर्नुपर्छ, प्रशस्त तरल पदार्थ पिउनुपर्छ । पिसाब कम लाग्ने, मुख वा ओठ सुक्खा हुने, निद्रा लाग्ने वा अलमल हुने, हातखुट्टा चिसो हुने जस्ता लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

यसबाट बच्नको लागि तरल पदार्थ प्रशस्त मात्रामा लिनुपर्छ ।  यो एकदमै  महत्त्वपूर्ण छ, किनकि बान्ता र उच्च ज्वरोको बेला हाम्रो शरीरमा तरल पदार्थको मात्रा धेरै कम भएको हुन्छ । तरल पदार्थको नियमित सेवनले शरीरमा सजिलै हाइड्रेसनको सुनिश्चित गर्छ ।

डेंगु सङ्क्रमणको कुनै खास उपचार नभएकाले समयमै हेरचाह प्राप्त गर्नाले रोग गम्भीर भए पनि तङ्ग्रिन मद्दत गर्छ । जटिलताको आधारमा यसको उपचार भने सम्भव छ ।

जब जब डेंगुको प्रकोप बढ्दै जान्छ तब तब ‘लार्भा खोज र नष्ट’को अभियानले चर्चा पाउने र बहसमा आउने गर्छ र फैलिनु अघि नै गरिनु पर्ने रोकथामको तयारीमा खासै चाँसो राखेको देखिँदैन, यसबारे तपाईँको धारणा के छ ? 
नेपालको पूर्वी क्षेत्र धरानलाई केन्द्रबिन्दु बनाएर डेंगी महामारीले ज्यामितीय फैलावटलाई तीव्रता दिइरहेको छ ।  अहिले पनि ‘लार्भा खोज र नष्ट’को अभियानले चर्चा र बहस पाउने तर एक्सनमा भने कमी देखिँदै आइरहेको छ । यस्ता अभियानको चर्चा र बहस गर्दै गर्दा लामखुट्टेले भने आफ्नो छोटो जीवन चक्रको वयस्क अवस्थामा पुगी घरघरसम्म पुगिसकेका देखिन्छन् ।काठमाडौँमा सम्भवतः गत वर्षको जस्तो डेंगुले ठूलो स्तरको प्रकोपका रूप त नलेला तर विगतको अनुभवलाई आधार मान्ने हो भने कुनै पकेट क्षेत्रमा फैलन सक्ने जोखिम भने पोस्ट मनसुनसम्म पनि रहिरहने छ ।

हाल काठमाडौँमा पनि डेंगुले महामारीको रूप लिइसकेको अवस्था छ । यदि सङ्क्रमित फर्कने गाउँ÷ठाउँमा स्थानीय रूपमा एडीस जातको लामखुट्टे रहेछ भने पहिले सो लामखुट्टेहरू सङ्क्रमित हुने र त्यसपछिको झन्डै एक हप्ता पछि डेंगु फैलन सुरु हुन सक्ने जोखिम रहन्छ । 

तसर्थ स्थानीय प्रशासन वा सक्रिय युवाहरूले आफ्नो क्षेत्रमा डेंगु नफैलियोस्  भन्नको लागि लामखुट्टे नष्ट गर्ने विशेष अभियान चलाउँदा उत्तम त छ तर यसको प्रभावकारी ढंगबाट सञ्चालन हुन आवश्यक छ । 

सरकारी निकायको प्रयासले मात्रै त पक्कै नियन्त्रण सम्भव छैन, आम नागरिकले कसरी सजग हुने ? 
सरकारी निकायले मात्रै डेंगुलाई न्यूनीकरण गर्न सम्भव नहुने भएकाले आम नागरिकले पनि यसको रोकथाम र नियन्त्रणमा निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

-घरको वरिपरि पानी जम्न नदिने,
-पूरै शरीर ढाक्ने कपडा लगाउने,
-घरमा बस्दा अनिवार्य झुलभित्र बस्ने,
-लामखुट्टे भगाउने क्रिम प्रयोग गर्ने,
-झ्याल ढोका बन्द राख्ने,
-आफ्नो वरिपरिको वातावरण सरसफाइ गर्ने ।  

एक चिकित्सकका नाताले आम नागरिकहरूलाई तपाईँको सुझाव के छ ? 
डेंगु सङ्क्रमणबाट बच्न विशेष गरी आफ्नो घर वरिपरि मात्र बढी ध्यान दिने गरेको पाइन्छ, जुन  अस्वाभाविक पनि होइन । तर आफू कार्यरत स्थलमा भने धेरैको ध्यान लार्भा खोज्ने र नष्ट गर्नमा समय दिएको देखिँदैन । 

वास्तवमा लामखुट्टेको टोकाइ आफू कार्यरत स्थलमा बढी हुने गरेको छ । सन् २०१९ को डेंगु महामारीमा धेरै बिरामी डेंगु नदेखिएको/नफैलिएको ठाउँका निवासी थिए । तर कार्यस्थल डेंगु प्रभावित क्षेत्रभित्र हुँदा संक्रमित हुने गरेका थिए । डेंगु प्रकोप क्षेत्रमा अध्ययन गरिरहेका धेरै  विद्यालयका विद्यार्थीहरू पनि संक्रमित हुने गरेका थिए । 

यी उदाहरणबाट पनि लामखुट्टे विशेष गरी दिनमा सक्रिय हुने वा टोक्ने गर्दो रहेछ भन्ने स्पष्ट हुन्छ । डेंगु एडिस जातको लामखुट्टेले फैलाउने गर्छ । यो बढी दिनमा सक्रिय हुने गर्छ ।

त्यसैले हामी दिनमा बढी आ-आफ्ना कार्यस्थल, विद्यालयमा हुने हुँदा सो टाउको वरिपरि लामखुट्टेका लार्भा छ कि छैन भनेर कम्तीमा हप्तामा एक पटक भए पनि समय निकालेर खोज्ने नष्ट गर्ने नियम बसाल्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस