काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।
उनले राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेखेका छन् । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु ।”
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
विज्ञप्ति :
