काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको निरीक्षण गरेका छन् ।
त्यसअवसरमा उनले पृतनाअन्तर्गतका युनिटले तयार गरेको विभिन्न प्रकारका गतिविधि समेटिएका अभ्यासको अवलोकन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले नेपाली सेनाले देश तथा जनताको सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन निर्देशन दिए ।
मन्त्री उप्रेतीलाई पृतनापति उपरथी विष्णु राउतले पृतनाको जिम्मेवारीलगायत विविध गतिविधिबारे जानकारी गराएका थिए। उनलाई पृतना परिसरमा प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए।