काठमाडौँ । पोखरा महानगरपालिका-४ गैह्रपाटनपस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्वतको मोदी गाउँपालिका-१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी ४७ वर्षीया सीताकुमारी गुरुङ र पोखरा-३ तेर्सापट्टीका ४७ वर्षीय जीवन सार्की छन् ।
सहकारीको रकम हिनामिना गरेर उनीहरू फरार थिए । प्राइम सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेकाले थुनछेक बहसका लागि उनीहरूलाई अदालतमा उपस्थित गराइएको छ ।