काठमाडौँ । चीनको तिब्बतको राजधानी ल्हासाको जेलमा १२ नेपाली भएको नेपाली कूटनीतिज्ञले खुलाएका छन् ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालले १२ जना कैदीहरू ल्हासामा जेल भुक्तान गरिरहेको बताएका छन् । आज जेलमा पुगेर कैदी भेटेका ढकालले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘कैदीहरूले जेलको वातावरणको बारेमा सन्तोष जनाएका छन् ।’