काठमाडौँ। कोशी प्रदेशका लेखा अधिकृत आन्दोलनमा उत्रिएका छन् । प्रदेश निजामती ऐनले लेखा अधिकृतलाई विभेद गरेको गुनासो गर्दै प्रदेश तहका लेखा अधिकृतहरूले काम छाडेर आन्दोलनमा उत्रिएका आन्दोलनमा सहभागी एक अधिकृतले बताए।
आर्थिक वर्षको अन्त्यमा लेखा अधिकृत पेन डाउन आन्दोलनमा उत्रिएपछि सरकारी भुक्तानी रोकिएको छ ।
आज र भोलिका लागि पेन डाउन घोषणा गरेको प्रदेश लेखा समूह कोशी प्रदेशले ऐन संशोधन गरेर वृत्ति विकास न्यायोचित बनाउनु पर्ने माग गरेका छन् । ती अधिकृतको अनुसार उनीहरूले आर्थिक मामिला तथा योजना मन्त्रालयमा धर्ना दिइरहेका छन् ।

