काठमाडौँ । टी-२० विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । हिजो राति र आज बिहान गरी दुई वटा समूहमा बाँडिएर टिम फर्किएको हो ।
कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।
स्पिनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टिमका अन्य सदस्य अमेरिका भएर नेपाल आएको क्यान स्रोतले बताएको छ ।
सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेको छ । उनी क्यानडाबाट आउने छन् । दुई दिनपछि उनी आइपुग्ने बताइएको छ । यस्तै प्रशिक्षक मोन्टी देशाईँ पनि आएका छैनन् ।