२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

अ+ अ-

चितवन । नेपालसहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बन्धित विज्ञहरू सहभागी दुई दिने सम्मेलन सम्पन्न भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयले आयोजना गरेको सम्मेलन दिगो कृषिमा सहकार्य गर्ने निष्कर्षसहित सम्पन्न भएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन, वातावरणीय अनुकूलता, वातावरणमैत्री प्रविधिको पहिचान तथा प्रयोग, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, जैविक विविधता, दिगो वन व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतीकरण र छलफल गरिएको थियो ।

सम्मेलनका संयोजक एवं निर्देशनालयका अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलका अनुसार सम्मेलनमा वातावरणमैत्री प्रविधि, सेवाको पहिचान तथा प्रयोग, पशुपन्छी, मत्स्यपालन तथा अनुसन्धानमा वातावरणको प्रभाव, जलवायुमैत्री कृषि, सूचना प्रविधिलगायतका विषयमा छलफल गरिएको थियो । 

उक्त सम्मेलनमा पाँच वटा मुख्य कार्यपत्र प्रस्तुत गरिएको थियो । ५० भन्दा बढी अन्य कार्यपत्र विभिन्न देशका विज्ञहरूले प्रस्तुत गरेको कट्टेलले जानकारी दिए । कार्यक्रम समापन समारोहमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मी, सेवा आयोगका अध्यक्ष प्रा. डा. कल्याणी मिश्र, रजिष्ट्रार प्रा. डा. शारदा थपलिया, तीनवटै संकायका डीन, निर्देशकहरू, भारतको महात्मागान्धी चित्रकोट ग्रामोदय विश्वविद्यालयका अध्यक्ष प्रा. डा. डिपी राई, अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डा. तामरा ज्याक्सनलगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म चलेको सम्मेलनमा नेपाल, भारत, अमेरिका, इन्डोनेसिया, चीन र अष्ट्रेलियाका विज्ञ, प्राध्यापक र विद्यार्थीको सहभागिता रहेको थियो । भारतका विभिन्न विश्वविद्यालय र संस्थाबाट एक सय प्रतिनिधि सम्मेलनमा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस