काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूले आज बकर इद (इदुल जोहा) पर्व मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा रहेको छ । यो मुस्लिमहरूको दोस्रो ठूलो महान् चाड हो ।
सरकारले सोमबार बकर इदका अवसरमा देशभर सार्वजनिक बिदा समेत दिएको छ । काठमाडौँको दरबारमार्गस्थित जामे मस्जिदमा पनि बिहानैदेखि धर्मावलम्बीहरू भेला भएर इद मनाइरहेका छन् ।







