१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम क्षेत्रका विकृति अन्त्य र भ्रष्टाचार न्यूनीकरणमा केन्द्रित रहेको मन्त्री अर्यालको दाबी 

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रम क्षेत्रका विकृति अन्त्य, सामाजिक सुरक्षा प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा देखिने गरी आफ्नो नेतृत्वमा कार्यसम्पादन भएको दाबी गरेका छन् । 

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पुगेको सन्दर्भमा आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को गभर्निङ बडीमा नेपालको प्रतिनिधित्व र भ्रष्टाचारको शून्य अभियानलाई पनि आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा रहेको स्पष्ट पारे ।

मन्त्री अर्यालले भैँसेपाटीस्थित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई उत्कृष्ट तालिम केन्द्रका रूपमा विकास गर्ने र त्यहाँ तालिमप्राप्त जनशक्तिलाई वैदेशिक रोजगारमा भन्दा स्वदेशमै रोजगारी प्रदान गर्ने सोच सरकारको रहेको बताए । उनले श्रमिकलाई थप आर्थिक भार तथा बोझ दिने गरी विगतमा भएका निर्णय तथा जारी भएका कार्यविधिको असर तथा प्रभाव अध्ययन गरी केही कार्यविधि खारेज, स्थगन तथा परिमार्जन प्रक्रिया अघि बढाइएको बताए ।

वैदेशिक रोजगारमा जाने श्रमिकले मासिक न्यूनतम पाँच सय अमेरिकी डलर पारिश्रमिक पाउनुपर्छ भन्ने आफूहरूको जोड रहेको बताउँदै उहाँले वैदेशिक रोजगारका क्षेत्रमा हुँदै आएको ठगी रोक्न सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

नेपाली युवाहरू रोजगारीका लागि बाध्यात्मक रूपले बिदेसिनुपर्ने अवस्थालाई अन्त्य गर्न देशभित्रै मर्यादित काम तथा उत्पादनशील रोजगारी पाउने वातावरण सुनिश्चित गर्ने प्रमुख उद्देश्यका साथ तीनै तहका सरकार एवं निजी क्षेत्र र सरोकारवालाको सक्रिय सहभागितामा सातै प्रदेशमा रोजगार मेला आयोजना गरिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस