काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवा, राजस्व समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज सूचना जारी गरी कार्यालयको विज्ञापन नं १६६७४ र १६६८७/०८०/८१ (खुला तथा समावेशी), प्रशासन सेवा, राजस्व समूह तथा विज्ञापन नं १६६७३ र १६६८६/०८०/८१ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, उपसचिव वा सो सरह पदको लिखित नतिजा पनि प्रकाशन गरेको छ ।
आयोगले प्रशासन सेवा, राजस्व समूहतर्फ १७ जना र प्रशासन लेखा समूहतर्फ २५ जनाको ना सिफारिस गरेको छ ।


