१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वायु प्रदूषण न्यूनीकरणका लागि घुम्ती सवारी जाँच

अ+ अ-

पाटन (ललितपुर) । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको छ ।

‘स्वच्छ हावा, स्वस्थ जीवन’ भन्ने नाराका साथ महानगरले वायु प्रदूषण न्यूनीकरणका लागि नियमित घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिए । 

“हामीले नियमित घुम्ती सवारी प्रदूषण जाँच मङ्गलबारदेखि सुरु गरेका छौँ, जाँचका क्रममा मापदण्ड पूरा भएका सवारीमा स्टिकर टाँसिदिन्छौँ, नभएकालाई एक हप्ताभित्र मर्मत गरेर जाँचका लागि पत्र काटेर छोड्ने गरेका छौँ । हरेक दिन फरक-फरक ठाउँमा जाँच गर्छौँ, आज जावलाखेलमा भयो, भोलि अर्को ठाउँमा हुन्छ”, उनले भने ।

महानगरले स्वच्छता र सरसफाइ कायम राख्न हरियाली प्रवर्द्धन, पार्क तथा पोखरी निर्माणका लागि जोड दिँदै आएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनसङ्ख्यासँगै बढेको सवारीसाधनको सङ्ख्या बढे पनि  मर्मतसम्भारमा पर्याप्त ध्यान नदिने, इन्धनमा देखिने कैफियत जस्ता कारणले सवारीसाधनबाट हुने प्रदूषणको मात्रा बढिरहेकाले अभियान सञ्चालन गरिएको हाछेँथुले जानकारी दिए । 

नेपाल सरकारको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ मा सवारीबाट हुने प्रदूषणको मापदण्ड कायम गरिएको छ । सोही मापदण्डअनुसार नभई बढी धुवाँ फ्याँकेर बायु प्रदूषण गर्ने सवारीसाधनलाई दफा १६० को उपदफा ३ अनुसार सजाय हुने व्यवस्था छ ।

वायु प्रदूषणका कारण विश्वभर एक वर्षमा ७० लाख, नेपालमा ४२ हजार एक सय र काठमाडौँ उपत्यकामा  मात्र पाँच हजार ८० जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस